यूएस बंगला विमान दुर्घटना, ४९ को मृत्यु २१ घाइते

 

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।  घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

तस्बीर — राम सुवेदी