मण्डलामा म्यारिज प्रपोजल

प्रकृती दाहाल
काठमाडौ,इमेल खवर – बिवाह गर्नु सामान्य कुरा होइन बिवाह गर्नु अघि जब युवायुवती एकआपसमा कुरा गर्नुपर्ने हुन्छ जब कुरा गर्न तयार हुन्छन तब कुरा अन्यत्र मोडिन्छ । यस्ता कुराहरु समेटिएको नाटक म्यारिज प्रपोजल यतिबेला मण्डलामा मञ्चन भइरहेको छ ।
सन् १८९० मा रुसीयन लेखक एंतोन चेखवले लेखेको नाटक म्यारिज प्रपोजललाई चे शंकरले अनुवाद गरेका हुन् भने आशिष घिमिरे र संगीत सापकोटाले निर्देशन गरेका छन् ।
विजया कार्की, श्रवण रानामगर र सुजन ओलीले अभिनय गरेका छन् । ‘हामी नेपालको लागि’ संस्थाको सहयोगार्थ कलाशी प्रोडक्सनले चारदिने नाटक मञ्चन गरेको हो । नाटक सोमबार सम्म देखाइनेछ । नाटकमा विजया कार्की, श्रवण रानामगर र सुजन ओलीले अभिनय गरेका छन् ।
४५ मिनेटको नाटकमा विवाहका लागि तयारी रहेका युवक र युवतिको भावना समेट्न खोजिएको छ । युवकयुवतीको एक आपसको भगडालाइ दर्शकहरुले रुचाएका छन । मञ्चको सजावटले नेपालीपनको महसुस गराउदछ । नाटकबाट जुटेको रकम बालबालिकालाई आइटि शिक्षाका लागि खर्च गरिने भएको छ ।