प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिदै, सांसदहरुलाई ड्रेसकोड तोकिने

काठमाडौं, २७ फागुन –  प्रदेश नंबर ५ का सांसदहरुलाई ड्रेसकोड तोकिने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा निर्माण समितिको बैठकले सांसदहरुको पोसाक निर्धारण गर्ने सहमति जुटाएको छ । पुरुष सांसदले कोट र टोपी तथा महिला सांसदले कोट र सारी अनिवार्य लगाउनुपर्ने प्रावधान राखिएको समिति सदस्य हरीप्रसाद अर्यालले जानकारी दिनु भयो । कोट र सारीको रंग भने निर्धारण गरिएको छैन । रंग निर्धारण गर्ने जिम्मेवारी भने सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ । प्रदेशसभामा चार संसदीय समिति बनाउने सहमति भएको छ । सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बनाउने निर्णय भएको हो । संसद बैठकको गणपुरक संख्या एक चौथाई राखिएको छ ।
यस्तै ५ नम्बर प्रदेशका आन्तरीक मामला तथा कानून मन्त्री कुलप्रसाद केसीले सरकारको नीति निर्देशन नमान्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनु भएको छ।