इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी

काठमाडौं, २७ फागुन – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ।

घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई दुई एक गोल अन्तरले हरायो । चेल्सीको जितमा विलियमले एक गोल गरे भने एक गोल उपहार पायो । चेल्सीको ३० खेलबाट ५६ अंक छ भने रेलिगेसन जोनमा रहेको क्रिस्टलको समान खेलबाट २७ अंक छ ।
उता लिभरपुललाई हराउँदै म्यानचेस्टर युनाइटेडले लिगमा दोस्रो स्थानमा ५ अंकको अग्रता कायम गरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोडमा हिजो भएको खेलमा मार्को राशफोर्डको २ गोलको सहयोगमा युनाइटेडले लिगको तेस्रो स्थानमा रहेको लिभरपुललाई २–१ गोलले हराएको हो ।जितपछि युनाइटेडको ३० खेलबाट ६५ अंक भएको छ भने समान खेलबाट लिभरपुलको ६० अंक छ । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ खेलबाट ७८ अंक रहेको छ ।