प्रदुषणका कारण हरेक वर्ष ३५ हजार मानिसको मुत्यु

फागुन, २६ काठमाडौं—नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा—प्रतिष्ठान(नाष्ट) का अनुसार वायु प्रदुषणका कारण नेपालमा हरेक वर्ष ३५ हजार मानिसको मुत्य हुने गरेको बताइएकोछ ।
शुक्रबार आयोजना गरिएको वायु प्रदुषण नियन्त्रण गोष्ठीमा यस्तो जानकारी गराइएको हो । वायु प्रदुषणका कारण अनेकौं रोग निम्त्तीने र मानवको मृत्यु समेत हुने गरेको जानकारी दिइएकोछ ।
यस्तो समसयालाई समाधान गर्न प्रदेश नं १ का प्रमुख गाविन्द बहादुर तुम्बाहाङले जातिय, क्षेत्रीय, धार्मिक र राजनीतिक बसह भन्दा माथि उठेर छलफल गर्नु पर्ने विचार राखे ।