कर्णालीका गृह मन्त्रीको नविन पहल, जनताको दुःख बुझ्न जनतासंग एक दिन

फागुन, २६ काठमाडौं—हरेक महिनाको एक दिन कर्णालीका आन्तरिक मामिला तथा कानुन(गृह) मन्त्री नरेश भण्डारी गरिब ता विपन्न जनतासंगै बस्ने भएका छन् ।
कर्णालीका बासिन्दाको दुःख सुख साट्न उनी महिनाको एक दिन उनीसंग बस्ने बताएका हुन् । शुक्रबार सुर्खेतको पञ्चपुरी नगरपालिका—४स्थित बाढीपीडितको वस्तीमा ‘विपन्नसंग एक दिन’ कार्यक्रम गरेर बसेकोछ ।
त्रिपालमुनी चार वर्षदेखि कष्टकर जीवन विताइरहेका जनतामाझ दिन बिताएका थिए । उनले समस्या समाधानको पहल सुरु गर्ने वचन पनि जनतालाई दिएका छन् । यसै क्रममा पीडितहरु हावाहुरी आउदा सुरक्षित नभएपछि विद्यालयमा गएर बस्नु परेको गुनासो सुनाए ।