एमाले वरिष्ठ नेता माधव नेपाल भन्छन्, ‘भ्रष्टाचारीलाई कडा भन्दा कडा कारवाही हुन्छ’

 

फागुन २५ रौतहट—भ्रष्टाचार गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने धारणा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले राखेका छन् । आफ्नो गृह जिल्ला रौतहटमा गरिएको सक शिल्यान्यास कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
विकासको काममा भ्रष्टाचार गर्न नहुने भन्दै उनले भ्रष्टाचार गर्नेलाई कारवाही गरिने बताए । उनका अनुसार भ्रष्टाचार गर्नेलाई जेल हालिने भन्दै कडा चेतनावनी दिए । साथै इमानदारीताका साथ जसले काम गर्छ उसलाई प्रोत्साहन पनि गरिने सुनाए । बामगठबन्धनले विकासलाई महत्व दिएको बताउदै उनले अब गाउ गाउमा विकास छिट्टै गरिने सुनाए ।