एकीकृत पहलवाट मात्र महिला अधिकार सुनिश्चित -राष्ट्रपति

फागुन २४, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत पहल भए मात्र महिला अधिकार सुनिश्चित हुने बताएकी छन् । १०८ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले यस दिवसले सामाजिक जागरण ल्याउने कार्यमा विशेष महत्व राख्ने बताएकी छन् ।
महिलाका सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणका विभिन्न आयाममा भएका उपलब्धिलाई संस्थागत गर्दै महिलाको हकअधिकार सुनिश्चितता गर्न पर्नेमा भण्डारीले जोड दिएकी छन् ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।
नेपालमा पनि विविध कार्यक्रम सहित नारी दिवस धुमधाम साथ मनाइदै छ ।

्महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ