सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस : जो बने ‘फस्ट लेडि’

इमेलखबर—बनिसकेको बाटोमा हिड्नु सजिलै छ । तर, आफैले बाटो खनेर शिखरको चुचुरोमा पुग्नुको संघर्ष सफल महिला व्यक्तित्वलाई जति अरु कसलाई थाहा होला ? पुरुषवाद सोचको सञ्जालमा जेलिएको समाजमाथि प्रतिकार गर्नु महिला नेतृको पहिलो जोखिमपुर्ण खुड्कीलो हो । अर्को सफलतालाई टिकाइरहनुको संघर्ष बेग्लै छ । यि दुवै चुनौतिलाई पार गर्दै नेपालमा केहि यस्ता महिला हस्ती उदायका छन् जुन सबैका लागि प्रेरणाको स्रोत बनेका छन् ।
घुम्टो भित्र अल्झीएको हाम्रो समाजका महिलाले कहिल्यै सोचेका पनि थिएनन होला देशको राष्ट्रपति पाउला भनेर । राजनीतिक परिवर्तनका थुप्रै पत्र फेरिरहदा लोकलान्त्रीक गणतन्त्रले नसोचेको सपना पुरा गरिदियो । विद्यादेवी भण्डारी मुलुकको पहिलो राष्ट्रपति बन्न पुगीन् । उनले सफलतापुर्वक आफ्नो कार्यकाल निभाएकी छन् । यस बिचमा पुरुषसोचको शिकार उनी आफै नभएकी पनि होइनन् । एकल महिलाको पीडा उनी राष्ट्रपति भएपनि समेत भोगेकी छन् । तर, हिम्मत र शालिनताले सबै दोष ठपक्कै ढाकिएकोछ ।
संघर्ष गर्दागर्दै थाकेका महिलाले एक पटक उनलाई सम्झीए प उर्जा वान महशुस गर्छन् । त्यस्तै, अर्कि प्रेरणाकी स्रो

त हुन्, नेपालकी प्रथम महिला सभामुख ओसरी घर्ति मगर । घरको चुलो चौको सजाउने महिला समाज रुपान्तरण गर्छु भनेर बन्दुक समाउने साहसी महिला हुन् ओसरी । उनले जनयुद्धमा पुरुष योद्धा संगै बराबर लडिन् । त्यस्तै आज भन्दा झन्डै ६ दशक अघि कलाको क्षेत्रमा महिला नगन्य थिए । सानैदेखि नाटक खेल्दै आएकी भुवनले रंगमञ्चबाट आफ्नो करिअर सुरु गरेकी हुन् । छोरीलाई बाहिर निस्कन पनि बञ्चीत उतिबेलाको समाजमा नायिका बन्छु भन्ने सपना बुन्नु ठुलो चुनौति रहेको भुवन बताउछिन् । तर, इच्छ शक्तिभए सबै चुनौति पर सर्ने उनको बुझाइछ । न्यायलयमा पनि नेपालले पहिलो प्रधानन्यायधिस महिला पाएकोछ । सुशिला कार्कीको कठा परिश्रम र हठि स्वाभावले उनको कमजोरी भन्दा पनि क्षमताको प्रशंसा गरिन्छ । उनी आफ्नो कार्यकालमा निडर भएर न्यायलयमा लागिरहीन् । महिलाले चुलो चौकोदेखि राष्ट्र देखि न्यायलय सम्म आफ्नो दायित्व निर्वाह गर्न सक्छ भन्ने उदाहरण हुन यि महिला । बिहिबार अन्तराष्ट्रि नारी दिवस मनाइरहदा यि बहादुर नारीको संर्षघ सम्झीए अगाडी बढ्न थप उर्जा मिल्छ कि ?