पर्सा निकुञ्जमा चोरी र शिकार बढ्दो

पर्सा—पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी र शिकारी अवैध व्यापार फस्टाउदै गएकोछ । यस्तो समस्या र चुनौति बढ्दै गएको छ । निकुञ्ज प्रशासनले निकुञ्जभित्र रहेको दुर्लभ वनयजन्तुको संरक्षणको निरन्तरा प्रया गरे पनि जरायो, चितल, बदेल लगायत आहारजन्य प्रजातिको चोरी र शिकार हुने गरेको छ ।
साथै, दुर्लभ रेडपाण्डा, गौरी गाई, हात्तिका आखेतोपहार पनि अवैध व्यापार हुने गरेको पत्ता लागेकोछ । निकुञ्ज प्रशासनले अवैध रुपमा चोरी निकासी हुने गरेको खुलाएकोछ । अवैध क्रियाकलाप रोक्न निकुञ्ज प्रशासनले १५ स्थानमा निकुञ्ज पोष्ट तथा सुरक्षा पोष्ट स्थापना गरिएको प्रमुख संरक्षण अधिकृत हरिभत्त आचार्यले सुनाए ।