विद्यार्थीका लागि फाइदै फाइदा ‘स्टडी इन अष्ट्रेलिया शैक्षिक मेला २०७४’ हुँदै

 

अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको रुचीलाई ध्यानमा राखी एजुकेशन पार्कले ‘स्टडी इन अष्ट्रेलिया शैक्षिक मेला २०७४’ आयोजना गर्ने भएको छ । यो मेला विद्यार्थीहरुका लागि के कति उपयोगी छ ? इमेलखवर डटकमले एजुकेशन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेसंग कुराकानी गरेको छ ।
‘स्टडी इन अष्ट्रेलिया शैक्षिक मेला २०७४’ कहिले काँहा हुदैछ ?
२०७४ फागुन शुक्रबार अर्थात मार्च ९ मा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको छैटौं तलामा रहेको फुड कोर्टमा आयोजना हुदैछ । मेला बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।
यो शैक्षिक मेलामा कति शैक्षिक संस्थाको उपस्थिति हुनेछ ?
यो शैक्षिक मेलामा करिव २० भन्दा बढि राम्रा अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने छ । जस्तैCurtin University College, Deakin University, Edith Cowan University, Latrobe University, Southern Cross University, University of Southern Queensland Sydney Campus, UTS Insearch, EduCo, Excelsia College, ICMS, ECA, Victoria University Sydney Campus, IHNA, Western Sydney University City Campus, SAE QANTM, Eynesbury, SAIBT, ACAP, SIBTलगायतका शैक्षिक संस्थाहरूको सहभागिता रहने छ ।
यो शैक्षिक मेलामा सहभागि हुँदा विद्यार्थीले के पाउने छन ?
अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले मेलाको माध्यमबाट ‘फस्ट ह्याण्ड’ इन्फरमेशन पाउने छन । मेलामा विद्यार्थीहरुले आफ्नो सम्पूर्ण डकुमेन्ट सहित सहभागिता जनाउने हो भने त्यहि नै विद्यार्थीहरुले आफूले पढ्न चाहेको विषय र आफूले रोजेको शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गरी सम्पूर्ण जानकारी लिन सक्नेछन् ।
मेलाको थप विशेषता………..
थप कुरा भन्नु पर्दा, पहिलोमा तअष्ट्रेलिजा जानु अघि गर्नुपर्ने अंगे्रजी भाषाको कोर्ष आइइएलटीएस नगरेका विद्यार्थीहरुलाई लक्षित गरी मेलामा आइइएलटिएसको परिक्षा दिने संस्था आईडीपीका प्रतिनिधिको पनि उपस्थित हुने भएकाले विद्यार्थीहरुले आइइएलटीएका बारेमा पनि बुझ्ने अवसर पाउने छन । जो विद्यार्थी उच्च शिक्षाका लागि विदेश जान चाहन्छ र पनि उसले आइइएलटीए गरेको छैन तथा आइइएलटीस गरेर पनि कम नम्बर आएको छ भने उसले पनि आइडीपीको प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर प्राप्त गर्नेछ ।

मेलाको अर्को अथवा दोश्रो विशेषता भनेको राष्ट्रिय स्तरको बैंकको उपस्थिति पनि हो । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थाीहरुले बैंक ग्यारेन्टी देखाउनु पर्ने हुन्छ । जसका लागि विद्यार्थीहरुलाई बैंक खोज्न झन्झटिलो पनि हुँदै आएको छ । त्यसैले एजुकेशन पार्कले शुक्रबार गर्न लागेको मेलामा भने ‘क’ बर्गको सानिमा बैंकलाई पनि उपस्थिति गराएको छ । जसको माध्यमबाट विद्यार्थीहरुले आर्थिक विषयमा पूर्ण जानकारी लिन सक्नेछन् ।

तेश्रोमा भन्नु पर्दा, हामीले विद्यार्थीहरुलाई एकै पटक दुई दर्जन अष्ट्रेलियन शैक्षिक संस्थाका बारेमा त जानकारी गराउन सक्दैनौं नि । अनि हामीले विद्यार्थीलाई बैंकका प्रतिनिधिसँग पनि त भेटाउन सक्दैनौं । हामीले दिने परामर्श र शैक्षिक संस्थाका प्रनिनिधिले प्रत्यक्ष रुपमा दिने परामर्श फरक हुन्छ नि । अझैभनु विद्यार्थीहरुले एउटै थलोमा दुई दर्जन अष्ट्रेलियन शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग कुरा गर्ने अवसर पाउने छन ।
अष्ट्रेलिया शैक्षिक संस्थाले विभिन्न खाले छात्रवृति पनि दिन्छ रे, त्यसवारे वताई दिनुस न ।
सही कुरा गर्नु भो । मेलामा छात्रबृत्ति,IELTS मा उच्च अंक प्राप्त गने Tips / Career Counselling लाई प्रमुखताकासाथ जानकारी छ ।