प्रदेश ५ : मुख्यमन्त्री पोख्रेलको पुर्वाधार विकासमा जोड

फागुन, २० प्रदेश ५—प्रदेशमा पुर्वाधार विकासलाई प्राथमिकता दिदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले योजना बनाएका छन् । उनले आइतबार लमही नगरपालिकाको दोसे सभालाई सम्बोधन गर्दै यस्तो योजना सुनाएका हुन् । जनतालाई खुसि र सुखी बनाउने योजनामा आफु जोडले लागेको बताए । उनले प्रदेश र स्थानीय सरकारले जनताको दैनिकी भोगाई र समस्यालाई महत्वमा राखेर काम गर्नु पर्ने धारणा समेत राखे ।
साथै प्रदेशलाई समृद्धि बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । समाजको पिधमा पारिएको क्षेत्रलाई मुलधारमा ल्याउने खालको योजना बाउनमा आफुले जोड दिने समेत खुलाए । कृषि, उद्योग, पर्यटक जस्ता क्षेत्रमा प्रदेशले काम गर्नु पर्ने सल्लाह पनि उनले दिए ।