बैंकर अनिल शाह भन्छन्, ‘नबिल बैंकलाई युवादेखि बृद्धबृद्धा सम्म पुराउने योजनामा छु’

काठमाडौं—अनिल केशरी शाह सेलेब्रीटि बैंकरका रुपमा परिचित छन् । मेघा बैंकको संस्थापक सीइओ भएपछि उनी यतिबेला नबिल बैंकमा फर्किएका छन् । ८ वर्ष अघि उनी नबिलमै थिए । फेरि त्यहि बैंकमा फर्किएका छन् ।
नेपाल लाइभले लिएको अन्र्तवाताका आधारमा उनले बैंकीङ क्षेत्रमा दिएको अन्र्तवाता रोचक थियो । यसैलाई समिक्षा गरेर इमलेखबरले उनका विचार समेटेकोछ । उनले नबिल बैंकलाई पाको बैकको रुपमा हेरेको बताएका छन् । र अब भने उनले युग सुहाउदो परिवर्तन गरेर बैंक युवादेखि वृद्ध वृद्धा सम्मको भावना समेट्ने खालको बनाउने योजनामा लागेको खुलाएका छन् ।
हरेक उमेर समुहलाई सहज हुने तरिकाले सेवासुविधा विस्तार गर्ने उनलेको योजना छ । देशव्यापी रुपमा शाखा विस्तार गरेर फराकीलो बनाउन लागेको उनले नेपाल लाईभ डटकमलाई अन्तर्वातामा भनेका छन् ।