श्रीदेवीको मृत्युको रहस्य खुल्यो : पानीमा डुबेर निधन

नयां दिल्ली (एजेन्सी)— बलिउड सुपर स्टार अभिनेत्री श्रीदेवीको निधन हृदयघातबाट नभएको पुष्टि भएकोछ । सोमबार फरेन्सिक रिर्पोटका अनुसार उनको निधन बाथरुममा वाथटपमा लडेर पानीमा डुबी मृत्यु भएको उल्लेख छ । उनले अध्यातिक अल्कोहल खाएको पनि डाक्टरले पुष्टि गरेकोछ ।
यसले के अनुमान लगाउन सकिन्छ भने उनी अल्कोहलका कारण शरिर नियन्त्रणमा नभएपछि बाथरुममा लडिन र बाथटपको पानीमा डुबेर मृत्य भएको हो । दुवईस्थित गल्फ न्युजको रिपोर्टलाई आधार बनाउदै एएनआईले यस्तो जानकारी दिएको हो । श्रीदेवी आइतबार दुवइमा भतिजाको विहेमा गएकी थिइन् । दुर्वइमा नै उनको मुत्यु भएको थियो । श्रीदेवी भारतकी अमिताभ वच्चन नायिका भन्ने गरिन्छ ।