कान्छी संग श्वेता हेटौडामा– फोटो फिचर

 

काठमाडौ – गत शुत्रबारबाट प्रर्दशनमा आएको नायिका श्वेता खड्काको निर्देशन र अभिनय रहेकोे फिल्म कान्छीको प्रतिक्रिया लिन यतिबेला व्यस्त छिन्। काठमाडौंका सबै हलहरुबाट राम्रो प्रतिक्रिया पाएपछि उनी अहिले मोफसलका हलहरुमा पुगेकी छिन्। हल सञ्चालक, व्यवस्थापकसँगै दर्शकहरुसँग प्रतिक्रिया लिन उनी शुक्रबार हेटौंडामा पुगिन्। फिल्म हेरेर हलबाट निस्कदै गरेका दर्शकहरुसँग उनले फोटो खिचाएर खुशी साटिन्।

आकाश अधिकारी निर्दे्शित फिल्ममा दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्ज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।

हेटौडामा पुगेर केहि तस्बीरहरु श्वेताको सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका छन । हेरौ उनका सुन्दर तस्बीरहरु–