साझाले विद्युतीय बस सञ्चालनमा ल्याउने

फागुन, १२ काठमाडौं—साझा यातायातले ठुलो विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायातलाई सहज बनाउने साझाले फेरि अर्को कदम चालेको हो । ठुला बस सञ्चालन गरेर नीजि क्षेत्रलाई प्रोत्साहन गर्न साझाले नै सुरु गरेको थियो ।
साझाले विद्युतीय वस आयातको गृहकार्य थालेकोछ । यसका लागि सरकाी निकाय, गैरसरकारी, व्यावसायिक निकाय संग छलफल जारी राखेको साझाले बताएकोछ । चिनिया बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस ल्याएर सञ्चालन गर्ने तयारी भएको हो । जसमा चिनीया कम्पनी समेत इन्छुक देखिएको छ ।