चर्चित भारतीय नायिका श्रीदेवीको निधन

 

फागुन १३ ,काठमाडौं – भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ ।

वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् ।

उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिईन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।

श्रीदेवीलार्इ भारतकी पहिलाे ‘महिला सुपरस्टार’ का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् ।

श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राती ११स्०० देखी ११स्३० बिचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् ।

चर्चित फिल्म निर्माता बोनी कपुरसँग विवाह गरेर फिल्म क्षेत्रबाट केही समय टाढा रहेकी श्रीदेवीले ‘इंग्लिश भिङ्गलिस’बाट सन् २०१२ मा पुन फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

उक्त फिल्मले उनको लोकप्रियतालाई थप उचाइमा पुर्याएको थियो । उनको अन्तिम फिल्म मम २०१७ मा सार्वजनिक भएको थियो । त्यसमा उनले गरेको आमाको भूमिकाले निकै प्रशंसा पाएको थियो । उक्त चलचित्रबाट उनले उत्कृष्ट नायिकाको ‘जी सिने अवार्ड’ पनि प्राप्त गरेकी थिइन् ।

‘रुप कि रानी’ उपनामले चर्चित श्रीदेवीको हिम्म्तावाला, सदमा, मिस्टर इन्डिया, नगिना, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई जस्ता दर्जनौं लोकप्रिय फिल्महरु छन् ।