राष्ट्रपति उम्मेदवारी– काग्रेस अलमलमा

काठमाडौ, फागुन १२– राष्ट्रपति निर्वाचनका लागि २१ फागुनदेखि प्रक्रिया सुरु हुने भए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उम्मेदवारी दिने(नदिनेबारे निर्णय गरेको छैन । सातवटै प्रदेश सभा र संघीय संसद्को प्रतिनिधिसभामा सरकार गठन गर्ने मत नभएपछि कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने मनस्थिति बनाएको छैन ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले सम्म औपचारिक टुंगो नलागेको बताएका छन उनले भने ‘आइतबार बस्ने केन्द्रीय समितिको बैठकले के गर्ने टुंगो लगाउछ ।’