बाम गठबन्धनको पार्टी एकता आजै टुंगो लाग्ने

फागुन, ७ काठमाडौं—गणतन्त्र दिवस उत्सवले मनाइरहेको बेला बामगठवन्धनले शुभ सामाचार ल्याउने संकेत दिएको छ । झन्डै ५ घन्टाको वान टु वान वार्तापछि माओवादी अध्यक्ष प्रचण्ड सरकारमा सहभागी हुने सहमत पक्क हुने भएकोछ । प्रधानमन्त्री केपी ओलीसंग सोमबार गरिएको वार्ताले यस्तो छनक दिएको हो ।
प्रचण्ड कन्भीन्स भए संगै अब माओवादी केन्द्र सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने पुर्वअडान हटेकोछ । बुधबार भने एकताका विषयमा कुरा नमिलेपछि माओवादी दलबाट मन्त्रीहरु सरकारमा पठाएको थिएन । एकतामा टुंगो नमिल्दा सम्म माओवादी केन्द्रले सरकारलाई बाहिरै बाट सर्मथन गर्ने सोच बनाएको थियो । सोमबार बिहान भर बसिएको बैठकले आजै पार्टी एकताको टुंगो लाग्ने माओवादी नेताले बताएका छन् ।