६० जना कोरसबीच प्रियंका

 

काठमाडौं— अभिनेत्री प्रियंका कार्की फिल्म संगै म्युजिक भिडियोमा व्यस्त छिन् । पछिल्लो समय उनले सपनीमा आउनेलाई… बोलको गीतमा अभिनय गरेकी छन् । ६० जना कोरस बिच उनले नृत्य गरेकी छन् ।


जुन हेर्दा रोमाञ्चक, सुन्दर र लोभ लाग्दो देखिन्छ । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्र नाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत रहेकोछ । साथै महाराज थापाले एरेन्ज गरेका छन् भने सुदिप बरालले भिडियो खिचेका छन् ।

त्यस्तै, अर्जुन जिसीले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेकोछ ।