पञ्चायत चलचित्र चैतमा

 

काठमाडौं—कुप्रथा विरुद्ध थुप्रै चलचित्र निर्माण भएका छन् । यस्ता चलचित्रले समाजमा सकारत्मक भुमिका खेलेका हुन्छन् । यसै धारलाई समातेर यतिबेला पञ्चायत चलचित्र बनेको छ ।

२०४६ अघिको कालखण्ड पञ्चायती थियो । २०१७ पछि राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई अपदस्त गरि पञ्चायती शासन चलाए । त्यो समयलाई कालो काल भनिने पनि गरिन्छ ।

पञ्चायत व्यवस्थामा भएको एउटा गाउका कथामा अत्यन्त रोचक छ । पञ्चायत फिल्म अमेरिकाको फेस्टीभलमा देखाइएको थियो । २१६ भाषाका चलचित्र मध्ये, यो चलचित्र उत्कृष्ट अवार्ड पाएको थियो । आगामी चैत्र २ गतेदेखि देशभर यो चलचित्र प्रर्दशनी गरिदैछ । चलचित्रमा नायिका नीता ढुंगानाले अभिनय गरेकी छन् ।