अष्टलक्ष्मी र पौडेल बिच खटपट

 

फागुन ४, काठमाडौं

नेकपा एमाले उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य ले प्रदेश संयोजकको राजनीतिक भुमिकाको पावर देखाउन थालेकी छन् । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई आफ्नो सल्लाहमार्फत अगाडिका काम गर्नु पर्ने निर्देशन दिएकी छन् । अष्टक्ष्मीको निर्देशनात्मक आदेशले पौडेल तातिएका छन् । उनले पार्टीको अध्यक्षको सल्लाहमा आफु चलेको बताउदै अष्टलक्ष्मीमाथि उपेक्षा गरेका छन् । यिनै बिच उनीहरुमाझ खटपट सुरु भएकोछ । प्रदेश नम्ब ३ को मुख्य मन्त्री पदमा अष्टलक्ष्मी निर्वाचन बाट पराजित भएकी थिइन् । पौडेलले जितेका हुन् । त्यसै बेलाको आक्रोस यतिबेला झल्कीएको हो ।