सोनाम र ग्याल्बो दुवै ल्होसार मनाईदै

फागुन, ४ काठमाडौं— तामाङ समुदाय र सेर्पा समुदायले आज ल्होसार मनाउन लगोका छन् । तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्बो ल्होसार मनाउने गरिन्छ । बौद् धर्मालम्बीहरुले ल्होसार मनाउन लागेका हुन् । मलमास परेकाले यो पटक ग्याल्बो र सोनाम दुवै ल्होसार एकै दिन परेको हो । आज यसै सन्र्दभमा सार्वजनिक विदा दिएकोछ ।

आज बाट चरा वर्षका विदाई गरी कुकुर वर्ष प्रवेश गर्छन । हरेक वर्ष यसरी नै जनावर र चराचुरुङगीको नाममा वर्ष फेरिने चलन छ । सोनाम ल्होसार तिन कुनेमा मनाईदै छ । प्रधानमन्त्री केपी ओली २ बजे ल्होछार उद्घाटन गर्न जादैछन् भने विहानै देखि विभिन्न स्थानबाट सोनाम ल्होछार मनाउने तामाङ समुदायले झाकी, नाच, र्याली लिएर धुमधाम मनाएका छन् ।