प्रदेश ५ मा उपसभामुखको मनोनयन आज हुदै

 

५ फागुन, बुटवल – प्रदेश ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ ।आइतबार हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।
संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।
उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् । सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संवैधानिक प्रावधान अनुसार, एमालेले कृष्णी थारुलाई उपसभामुख बनाउने निर्णय गरेको थियो । यसअघि दाङकी धमकली थारू चौधरीको नाम समेत उपसभामुखको चर्चामा रहे पनि एमालेले पूर्वकम्लरी कृष्णीलाई उपसभामुख बनाउने भएको हो ।

उपसभामुखमा माओवादी केन्द्रकी पुष्पा घर्तीको एकल उम्मेदवारी परेकाले उनलाई आज बस्ने प्रदेशसभा बैठकले निर्विरोध निवाचित गर्नेछ ।