कम विद्युत खपत गर्न पंखा र पम्प ल्याइने

फागुन ४ काठमाडौं—विद्युत प्राधिरणले कम उर्जा खपत गर्ने पंखा र पानी तान्ने पम्प ल्याउदैछ । प्राधिकरणको योजना अनुसार यस्तो सामानबाट झन्डै तीन सय मेगावाट माग घटाउने बताइएकोछ । यस्तो योजनाको नाम इनजी इफिसिएन्सी प्रोग्राम भनेर नामाकणरण गरिएकोछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत व्यवस्थापन गर्न यस्तो योजना अगाडि सारेका थिए । माघ १० मा बसेको प्राधिरकण सञ्चालक समीतिको बैठकले कम विद्युत खपत गनेृ पम्प र पंखा ल्याउने निर्णय गरेको थियो ।