तनहु जिल्ला प्रजिअ विहीन

फागुन, ३ तनहु—देशले विस्तारै प्रमुखता पाइरहेको बेला तनुह जिल्लामा भने एक महिनादेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बिहीन अवस्थामा छ । प्रजिअ रितेशकुमार शाक्यले पुस २८ मा सुरुवा भएका थिए । उनी यतिबेला राष्ट्रिय सतर्कता केन्द्र काठमाडौमा आएका छन् ।
उनी यता आएपछि भने तनहुको प्रजिअ पद खालि भएको हो । जिल्ला प्रमुख नहुदा स्थानीय बासीलाई सरकारी काम पुरा गर्न असहज भएकोछ । खास गरि सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारी सम्बन्धी मुद्धाका विषय अन्योलमा पर्दै आएका छन् । अहिले भने निमित्त प्रजिअले प्रशासन चलाउदै आएका छन् ।