कुलेखानी जलविद्युत निर्माण कछुवाको तालमा

फागुन ३, काठमाडौं—सात वर्षदेखि सुरु भएको मकवानपुरमा निर्माणाधीन १३ मेगावाटको कुलेखाने जलविद्युत आयोजनाको काम अहिले सम्म जम्मा ७५ प्रतिशत मात्र पुरा भएकोछ । यसको कारणमा चिनिया ठेकेदार कम्पनीले वास्ता नगर्नु र सरकारी अधिकारीहरु हेरेर बसिरहनुले काममा तिब्रता नआएको अनुमान छ ।
यस्तै ढिला सुस्ती हुने हो भने आगामी वर्ष सम्म पनि बिजुली उत्पादन कार्य नहुने अवस्था देखिन्छ । धेरै उर्जामन्त्रीहरुले यसको स्थलगत निरीक्षण गरेका छन् । पुर्व प्रधानमन्त्री प्रचण्डले समेत यसलाई निगरानी गरेर काम तिब्र बनाउ जोड दिएका थिए । तर, अहिले भने कछुवाकै तालमा चिनिया कम्पनी चलिरहेकोछ ।