तीन महिनादेखि शिक्षकले तलब पाएनन

फागुन २ म्याग्दी—समय मै तलब नपाउदाको पीडा म्याग्दीका शिक्षकले भोग्दै आएका छन् । चालु आर्थिक वषएको दोस्रो चौमासिक तलब जिल्लाका तीन वटा तहका शिक्षकले अझै पाएका छैनन ।
बनेी नगरपालिका, रघुगंगा र अन्नपुर्ण गाउपालिकाका सामुदायिक विद्यालयका शिक्षक लगायत कर्मचारीले गत मंसिरमै तलब पाउनु पर्ने थियो । तर, अहिले सम्म पाएका छैनन ।
राज्यको पुन संरचनाले शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ता, सबै बजेट २३ वटा अधिकार स्थानीय तहलाई दिइसकेकोछ । तर, यहाका स्थानीय निकायको वेवास्ताका कारण यस्तो समस्या आएको पीडित कर्मचारी बताउछन् ।