प्रियंका रमाइन, मःम र कोकाकोलामा

 

काठमाडौं— मःम र कोकाकोलाको स्वाद पछिल्लो युवा पुस्ताको परिकारमा पर्छ । काठमाडौंमा विगत केहि वर्षदेखि कोकाकोला मःम उत्सव बनाउन थालिएकोछ । यो चाहि तेस्रो संस्करण हो ।

काठमाडौ बाहिर पनि महोत्सव लाई निरन्तरता दिइएकोछ । काठमाडौमा भने अभिनेत्री प्रियांका कार्कीले महोत्सवमा मःम र कोकाकोलाको स्वाद चाखेर रमाइलो गरिन् । उनले अरुलाई पनि महोत्सवमा सहभागी हुन प्रोत्साहन गरेकी थिइन् । उनी संगै आमा र आन्टी लगायत साथीहरु पनि सहभागी थिए ।