राष्ट्रिय सभा सांसदमा नरपति लुवार र जीवन बुढा विजयी

माघ, २४ सुर्खेत—राष्ट्रिय सभा सांसदको चुनावको मत परिणाम आउन थालेकोछ । प्रदेश ६ मा परिणाम आएको हो । प्रथम चरणमा दलित र अपाङता र अल्पसंख्यकको मतपरिणाम सार्वजनिक गरिएकोछ । बाम गठबन्धनबाट उम्मेदवार नरपति लुवार(दलित) माओवादीका जीवन बुढा(अपाङ्ग) विजय भएका छन् ।
नरपतिले उनका प्रतिस्प्रधी कांग्रेसका मित्रलाल सार्कीलाई तीन हजार ६ सय ६६ मत ल्याएर पराजीत गरेका थिए । मित्रलालको चाहि ९६० मत मात्र प्राप्त भएको थियो । जीवनले भने तीन हजार ७ सय २० मत ल्याए । उनका विपक्षी कांग्रेसका गोपाल प्रसाद शर्माले ९ सय ७८ मत ल्याउन सफल भए ।