दृष्टिविहीन श्रृष्टि केसीको जीवनमा आधारित चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक

काठमाडौं – दृष्टिविहीन श्रृष्टि केसीको जीवनमा आधारित चलचित्र ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ ।

दृष्टिविहीन भएपछि ‘ब्लाइन्ड रक्स’ संस्था स्थापना गरेर समाज सेवा गर्दै आएकी केसीको जीवन कथामा आधारित चलचित्र निकेश लिम्बुले निर्माण गरेका हुन् ।बेनिशा हमालको मुख्य अभिनय रहेको यस चलचित्रमा अर्पण थापा र गौरी मल्लको पनि भूमिका छ ।

फागुन २ गते प्रदर्शन हुने चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।