भ्यालेन्टाइनका गीत

इमेलखबर

काठमाडौं—

‘यो मनले तिमीलाई रोज्नु
तिमी मेरो भ्यालेन्टाइन हुनु
तिमी मेरो भ्यालेन्टाइन हुनु…’

भ्यालेन्टाइन डेको अवसरमा भ्यालेन्टाइन सम्बन्धी गीतहरु सार्वजनिक भएकोछ । संगीतकार तथा गायिका रेखा पौडेल स्वरमा रहेको ‘तिमी मेरो भ्यालेन्टाइन हुनु’ गीत सार्वजनिक भएकोछ ।

सुजन अनिमेष अधिकारीको शब्द रहेको गीतमा रेखा संगै धिरज भण्डारीले आवाज दिएका छन् । म्युजिक भिडियोको सुटिङ जापानको निकै रमणीय स्थलमा भएको हो । जसमा मोडल मुना सिटौला र शिवराज भट्टराईको अभिनय रहेको छ । भिडियोलाई रोशन कार्कीले निर्देशन गरेका छन् ।