विमलको रुपको झड्का सार्वजनिक

इमेलखबर
काठमाडौं–युवा गायक विमल गौतमको नयां गीत ‘रुपको झड्का’ सार्वजनिक भएकोछ ।
प्रकाश श्रेष्ठको सहकार्यमा तयार पारिएको गीतलाई गायक स्वयमले संगीत भरेका हुन् । दर्शकले रुचाउने खालका गीत तयार पारिएको गायकले सुनाए । म्युजिक भिडियोमा चर्चित मोडल एलिसा राईले अभिनय गरेकी छन् । जसलाई कोरियोग्राफर एवं मोडल गम्भीर विष्टले अभिनय पनि गरेका छन् ।


‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन रहेको छ ।’ गीतका इलामे गायक गौतम भन्छन्, ‘फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्छ भन्ने लागेको छ ।’