निर्वाचन सम्पन्न गरेकोमा भारतको बधाई

माघ २०,काठमाडौ – भारतले प्रदेश र प्रतिनिधिसभा निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ । दुईदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवासग शिष्टाचार भेट गरी सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै बधाई र शुभकामना दिएकी छन ।
भारतीय विदेशसचिव विजय केशव गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविस कुमार, नेपाल डेक्स प्रमुख सुदाकर दलेला र नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीसहित विदेशमन्त्री स्वराजले भण्डारीलाई राष्ट्रपति कार्यालय शीतलनिवास पुगी शिष्टाचार भेट गरेकी हुन । भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा उल््लेख छ ।