श्रष्टाहरु सम्मानित

प्रकृती दाहाल

काठमाडौं—
लघुकथा समाजले प्रत्येक बर्ष लघुकथा सिर्जना एवम समालोचनाका क्षेत्रमा त्रियाशिल श्रष्टाहरुलाई सम्मानित गर्दै आइरहेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच लघु कथाकार हिरण्ड प्रसाद श्रेष्ठ (भोजपुरे) र आख्यानकार तिलकप्रसाद शर्मा खनाल (भाउपन्थि) सम्मानित भएका छन ।
‘साबित्री केशर’ कथा सम्मान २०७४ तिलकप्रसाद शर्मा खनाललाई (भाउपन्थि) र ‘बाटुली खिलध्वज’ लघुकथा सम्मान २०७४ हिरण्य प्रसाद श्रेष्ठलाई (भोजपुरे) १५००० रुपैया सहित लाई प्रदान गरिएको छ ।
सांस्कृतिक संस्थान र लघुकथा समाजले आयोजना गरेको कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै संस्कृतिबिद् सत्यमोहन जोशिले कथामा पनि सांस्कृतिक, धार्मिक, कुराहरु रहेको बताए । उनले अगाडि भने, ‘यस्ता कार्यक्रमले कथालाई अझ माथि उठाउन सहयोग पुग्ने गर्दछ ।’
कार्यक्रममा नारयणी तिवारीले ‘परिचय’ अशलेष मल्लले ‘क्रान्ति’ किशोर पहाडिले ‘अनियन्त्रित’ र सुमन सौरभले ‘होसियार’ शिर्षकको लघु कथा वाचन गरेका थिए ।
कार्यक्रममा भोजपुरेको निर्देशनमा रहेको लघुनाटक ‘सहमति’ समेत प्रस्तुत गरिएको थियो ।