प्रदेश ३ को बैठकमा हिन्दु राज्य र राजतन्त्रको मुद्धा चर्चा

माघ १८, हेटौंडा—देश संघीय संरचनामा गइरहेको बेला दुई महिला सांसदले संघीयताको अपुरो भविश्य देखेको बताएकाछन् । उनीहरुले राजतन्त्र र हिन्दु राज्यमा समेत जोड दिएका छन् । प्रदेश ३ का राप्रपा प्रजातान्त्रिकका सांसद रिना गुरुङले पहिलो बैठक सम्बोधन गर्दै संघीयताको भविष्य क्षणीक रहेको बताएकी छन् ।
उनले २ वर्षपनि संघीय व्यवस्था टिक्न गाह्रो हुने सुनाइन् । यसका साथै पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक टुक्राउन नहुने पनि उनले बताइन् । त्यस्तै, राप्रपाकी सांसद रिता माझीले राजा र हिन्दु राज्य व्यवस्थाको विषयमा कुरा राखेकी थिइन् ।
उनले आफ्नो पार्टीको मुल नीति यिनै विषयमा भएकाले माग राख्नु आवश्यक रहेको जनाइन् । यि दुई एजेन्डामा आफु एक्लै भएपनि निरन्तर आवाज उठाइरहने रिताले बताएकी छन् । त्यस्तै, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाले स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदान सम्झीए ।