पशुपति वृद्धा आश्रमका वृद्धवृद्धा भन्छन्, ‘हाम्रो जीवन कर्कलाको पानी जस्तै हो।’

प्रकृती दाहाल–
काठमाडौ –पशुपति वृद्धाश्रममा करिब ४ बजेतिर बेलुकाको खाना सुरु हुन्छ । सबैजना थाल, कचौरा साथमा लिएर आउने जाने गरिरहेका छन । सबै खाना खान व्यस्त छन । ७६ बर्षिय धनमाया शर्मालाइ भने खाना खान मन छैन हुनत उनले करिब ३ दिन देखि खाना खाएकी छैनन। पेट दुख्ने फुल्ने समस्या भएको छ उनलाई। औषधि खाएकी छैनन वृद्धाश्रममा सिटामोल बाहेक केहि औषधि पाउदिनन । बिरामी भएको नभएको खाएको नखाएको सोध्ने पनि कोहि छैनन । करिब १० बर्ष देखि उनी यहि वृद्धाश्रममा रमाइरहेकी छन । दुई छोरा एक छोरीकी आमा धनमाया यतिबेला छोरा छोरी नाति नातिनीलाई सम्झिरहेकी छन । सायद उनीहरुसंग भएको भए समयमै औषधि खान पाइन्थ्यो कि भन्ने आश धनमायालाई अझै लाग्छ । यतिबेला उनी संग बितेका दिनहरु सम्झिनु बाहेक अरु विकल्प छैन । उनी पुरानै कुरा स्मरण गर्छिन् । दिन राम्ररी नै बितिरहेको थियो जब छोराको बिहे भयो उनलाइ लाग्थ्यो अब त दिनहरु सजिलै बित्छन । बुहारी आएपछि त काममा पनि केहि राहत होला भनेर । तर उनको त्यो खुसी क्षणिक रह्यो । बिस्तारै बिस्तारै उनलाइ आफनो घर व्यबहार सबै बिरानो लाग्न थाल्यो । घर मा कसैको माया पाउन सकिनन । उनी आश्रय खोज्दै बृदाश्रममा आइपुगीन। गहभरि आसु पार्दै उनले भनिन ‘के गर्नु बाबु बुढो भएपछि त धेरै हुदो रहेछ, अब त यहि आश्रम मै बस्ने बाध्यता छ।’

छोरा बुहारीको व्यबहारबाट दिक्क हुदै घरबाट निस्किन ९० बर्षिया फुलमाया श्रेष्ठ उनी बृद्धाश्रममा बसेको करिब २० बर्ष पुग्न लागको छ। उनी बृद्धाश्रमको व्यबहारबारे भने खुसी छैनन । छोराछोरीको कुरा गर्दा उनि आखांभरि आसु पार्दै भन्छिन ‘छोरा छोरी भएनी काम छैन नभएनि काम छैन । मरेर नि यहि आउने हो अलि छिटो आइयो भन्ने लाग्छ ।’
अरुको बिहे व्यबहार देखेर दिक्क भएकी पम्फा कार्कीलाइ भने बिहेको कुनै रहर नै आएन अहिले उनी ८० बर्ष पुगेकी छन उनको अहिले आफन्त कोहि छैन । आश्रय खोज्दै उनी पशुपतिको बृद्धाश्रममा आइपुगीन उनी २० बर्ष देखि बृद्धाश्रममा बस्दै आएकी छन । खाना खाएर सुत्ने तरखरमा रहेकी उनी बृद्धाश्रमको व्यबस्था बारे दुखेसो पोखिरहेकी थिइन।

उनी भन्दै थिइन ‘न खाना मिठो हुन्छ न अरु केहि राम्रो व्यबहार छ।’ भुकम्प अगाडि सम्म भने उनीहरुलाई पैसाको दुख नै थिएन । बाहिरबाट पनि सहयोग आउथ्यो तर भुकम्पपछि भने कुनै सहयोग छैन उनीहरुलाई। बृद्धाभतmा बाट नै उनीहरुको दैनिकी चलेको छ। बर्षको २ पटक बडा दशै र चैते दशैमा उनीहरुले नयां लुगा पाउने गर्दन । जिवन दर्शनको कुरा गर्दा पम्फा भन्छिन्, ‘हाम्रो जिवन कर्कलाको पातमा अडेको पानि हो देख्दा राम्रो देखिन्छ तर केहि हुदैन ।’