भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणसंगै उब्जीएका आशंका

इमेलखबर
काठमाडौं—भारतीय विदेश मन्त्री सुष्मा स्वराजको बिहिबार नेपाल आगमन भएलगत्तै नेपाली जनताको मनमा अनेक प्रश्न उठेका छन् । छिमेकी मुलुक भारतको कुनै प्रतिनिधि नेपाल भित्रीए के हुने हो अब ? भन्ने त्रास सधै भइनै रहन्छ । यो पटक फेरि यस्तै आशंका उब्जीएकोछ । एमाले अध्यक्ष केपी ओलीको निम्त्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुतका रुपमा स्वराज नेपाल आएकी हुन् । तर, मुख्य चुरो के छ भने उनको आगमनले नेपालको राजनीति र आन्तरिक पक्षमा कुनै हस्तक्षेप हुने हो कि ?
विगत कोट्याएर हेर्दा नाकाबन्दीमा नेपालीले भारतकै कारण पाएको दुख ताजा छ । तराईमा उर्लिएको पहाडी र तराई खाडल पनि भारतले नै रचेको मानिन्छ । भारतले इतिहास काल देखि नै नेपालका हरेक आन्तरिक गतिविधिमा हस्तक्षेप गरेर आफ्नो स्वार्थमा ढाल्ने अनेक तरिका खेल्ने गर्छ । यो पटक भने भारतले नेपाललाई कुसल छिमेकी मुलुकको स्वाद दिएर जाने हो कि फेरि कुनै चलखेल लिएर आएको छ ? स्वराजको आगमनले नेपाली जनतामा यस्तै प्रश्न उब्जाइरहेकोछ ।