चुडामणि शर्माविरुद्ध अर्को मुद्दा दायर, चार करोड २९ लाख बिगो दाबी

 

१५ माघ, काठमाडौं —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
कर फस्र्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै अवस्थामा शर्माविरुद्ध अर्को मुद्दा दायर गरेको हो । झण्डै चार महिना लामो अनुसन्धानपछि शर्मामाथि अभियोगपत्र दायर गरिएको हो ।

गैरकानूनी सम्पत्ति आर्जनको विषयमा बयानका लागि बोलाउँदा पनि शर्मा पूरा समय अख्तियारमा उपस्थित भएका थिएनन् । विरामी भएको निवेदन हालेर उनी वयानमा पूरा समय उपस्थित भएनन् ।

अख्तियारमा उपस्थित भएर दिएको वयान र प्राप्त प्रमाणका आधारमा उनीमाथि अभियोगपत्र तयार भएको अख्तियार स्रोतले बताएको छ ।

तत्कालिन कर फर्छ्योट आयोगमार्फत अस्वभाविक कर मिनहा दिइएको अभियोगमा उनी गत जेठमा पक्राउ परेका थिए ।

उक्त मुद्दामा उनीसहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्धको १० अर्ब २ करोड रुपैयाँ बिगोको मुद्दा हाल अदालतमा विचाराधीन छ । कर फर्छ्योटको बाँकी फाइलमाथिको अनुसन्धान अझै सकिएको छैन ।