‘पद्मावत’को चार दिनको कमाई सय करोड

 

काठमाडौ –  लामो समयदेखि बिबादमा रहेको चलचित्र ‘पद्मावत    बिहीबारबाट प्रदर्शनमा आएको  छ । चलचित्र ‘पद्मावत’ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ । भन्सालीको अन्य चलचित्रको भन्दा दुई गुणा बढी ‘पद्मावत’ले कमाई गरेको भारतीय मिडियाले जनाएको छ । चलचित्रले पहिलो चार दिनमा १०० करोड भारुको कमाई गरेको छ । रणबीर सिंह, दीपिका पादुकोण, शाहिद कपूरको मुख्य भूमिका रहेको ‘पद्मावत’ले पहिलो दिन २० करोडको ओपनिङ गरेको थियो । त्यस्तै दोस्रो दिन १९, तेस्रो दिन ३२ र चौथो दिनको कमाई गरेर १०० करोडको कमाई गरेको हो । भन्साली फिल्म्सको ब्यानरबाट निर्मित चलचित्रले कमाइको साथसाथै समिक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र भारतभर ४६०० र भारत बाहिर ११०० हलमा प्रदर्शन भएको थियो ।