‘नेपालको वायु प्रदूषण स्तर ज्यादै खराब’

माघ १४ ,काठमाडौं – नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ ।

विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ ९ईपीआई० प्रतिवेदनअनुसार वायु प्रदूषण बढी भएका मुलुकमा नेपाल अग्रस्थानमा छ ।

प्रतिवेदनमा वायु प्रदूषणका हिसाबले नेपाल विश्वका १८० देशमध्ये १७६ औं स्थानमा रहेको उल्लेख छ । भारत र बंगलादेश नेपालभन्दा बढी प्रदूषितको सूचीमा छन् ।

प्रतिवेदनले वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गरेको छ । विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल काठमाडौं सहित भारत नयाँदिल्ली र बंगलादेश ढाका वायु प्रदूषणका हिसाबले अग्रस्थानमा देखाउने गरेका थिए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।