‘जोडिएको हाम्रो नाता’बोलको गीतमा यस्तो छ सोहम भेटवाल र एलिना रायमाझीको अभिनय (हेर्नुस भिडियो)

काठमाडौँ – पछिल्लो समयका चर्चित गायक हुन् सिडी बिजय अधिकारी । सिके प्रसाइ (रचना) को शब्द शृजना रहेको गीत ‘जोडिएको हाम्रो नाता’मा सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको छ । सोम कुस्कुमाझीले निर्देंशन गरेको म्युजिक भिडियोमा नायक सोहम भेटवाल र सुन्दरी मोडल एलिना रायमाझीको अभिनय रहेको छ ।

दामन, कुलेकाली लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा सोहम र एलिनालाई निकै नै कलात्मक ढंगले प्रस्तुत गर्न सफल देखिएका छन् निर्देशक सोम कुस्कुमाझी । यसअघि सुरु भएको छ बोलको गीतमा अभिनय गरेर चर्चामा आएका सोहमले अभिनय गरेको शिवम बोलको चलचित्रमा पनि अभिनय गरेका छन् । जुन प्रर्दशनको तयारीमा तयारीमा रहेको छ । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने अर्जुन सापकोटाले छायांकन गरेका हुन् ।

हेर्नुस भिडियो