टुंगो लागेन प्रदेश प्रमुखको भवन

माघ १३,काठमाडौ – प्रदेश ५ को राजधानी सहर बुटवलमा प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय र मन्त्रालय रहने स्थानको अझ टुंगो लाग्न सकेको छैन । सिफारिस गरीएका ठाउँमध्ये कतिपय सुरक्षाका हिसाबले संवेदनशील र कतिपय कार्यालय तत्काल सार्न अप्ठेरो भएकाले नयाँ विकल्प खोज्दै कार्यालय व्यवस्थान गर्ने तयारी भइरहेको छ।
अहिले प्रदेश प्रमुखको कार्यालय रुपन्देही व्यापार संघको कार्यालयमा छ । यो ठाउँ स्थानका हिसाबले राम्रो भए पनि बनावट सुरक्षाका दृष्टिले उपयुक्त नरहेको निष्कर्ष प्राविधिकले निकालेका छन । सकेसम्म पार्किङ स्थल भएको भवनको खोजी गरिएको छ । रुपन्देही व्यापार संघको कार्यालयमा पार्किङ स्थल छैन । त्यहीं नजिकै बन्दै गरेको उच्च अदालत सरकारी वकिलको कार्यालय भवनलाई प्रदेश प्रमुख कार्यालयको रुपमा प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।