केपी ओलीदेखि अमरेशकुमार सिंहसम्मले रातो पासपोर्ट बुझाएनन् (सूचिसहित)

काठमाडौं – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् । तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन् । मन्त्रीमा बहाल रहेका पूर्वसांसदले भने तत्काल पासपोर्ट फिर्ता गर्नुपर्दैन ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको दफा ७ को ३ मा रहेको यो व्यवस्थाले संसद्का पदाधिकारी सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक र संसदीय समिति सभापतिले प्रयोग गर्दै आएको सवारीसाधन तथा सोही ऐनमा सदस्यसमेतले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गर्नुपर्ने उल्लेख छ । संसद् सचिवालयबाट प्रयोग हुँदै आएको २५ मध्ये ६ वटा गाडी संसद सकिएको सात दिनभित्रै फिर्ता भएको थियो । १९ वटा गाडी निकै पछि पूर्वसांसदले बुझाएका थिए ।

सचिवालय आएर २८६ फिर्ता, विभागबाट २४
संघीय संसद् सचिवालय उच्च स्रोतका अनुसार सांसदहरूले सचिवालय पुगेर २८६ वटा रातो पासपोर्ट फिर्ता गरेका छन् । २४ सांसदले भने ३ माघसम्म राहदानी विभाग पुगेर रद्द गराई सचिवालयलाई जानकारी गराएका छन् । पासपोर्ट रद्द गर्न सांसदले बुझाएको दुईवटा पासपोर्ट भने अहिले संघीय संसद् सचिवालयमा प्रक्रियामा रहेको छ । पूर्वसांसदले आफूले प्रयोग गरेको रातो पासपोर्ट रद्द गर्न संसद् सचिवालयमा बुझाउनुपर्नेछ । पूर्वसांसद आफैँले राहदानी विभागमा गएर रद्द गर्नसमेत सक्नेछन् । सचिवालयका अनुसार हाल सरकारमा रहेका मन्त्रीहरूले भने मन्त्री पदमा बहाल रहुन्जेल रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् । बहालवाला मन्त्रीले रातो पासपोर्ट प्रयोग गरे–नगरेकोबारे सचिवालयलाई जानकारी नहुने एक कर्मचारीले बताए ।

ल्यापटप र पुस्तकसमेत फिर्ता गरेनन् सांसदले
संघीय संसद् सचिवालयअन्तर्गत जिन्सी स्टोर शाखाबाट संसद्का पदाधिकारीले ५६ वटा ल्यापटप प्रयोग गरेका थिए । जसमध्ये अझै ३० वटा ल्यापटप फिर्ता गर्न बाँकी छ । स्रोतका अनुसार संविधानसभाको पहिलो कार्यकालमा संसद् पदाधिकारी भएका १० जनाले ल्यापटप फिर्ता गरेका छैनन् । ‘सचिवालयबाट ५६ वटा ल्यापटप गएको रेकर्ड छ । जसमध्ये अझै ३० वटा फिर्ता हुन बाँकी छ । २६ जनाले भने फिर्ता गरे,’ सचिवालयका एक कर्मचारीले भने ।

संसद् सचिवालयअन्तर्गतको पुस्तकालयबाट लगेका पुस्तकसमेत केही सांसदले फिर्ता गरेका छैनन् । संसद्को अनुसन्धान तथा पुस्तकालय शाखा प्रमुख कमलादेवी शर्माले पूर्वसांसदले पुस्तक फिर्ता गर्नेक्रम जारी रहेको बताइन् ।

यी हुन ती नेता

-रोमी गौचन थकाली

-पार्वत गुरुङ

-राजीवविक्रम शाह

-शारदा पौडेल

-हरिप्रसाद नेपाल

-महेन्द्रबहादुर पाण्डे

-भीष्मनाथ अधिकारी

-लालबाबु सिंह

-कल्पना सोब

-सुरेन्द्रप्रसाद चौधरी

-धनबहादुर बुढा

-तारामान गुरुङ

-शत्रुधन महतो

-मदनकुमारी साह

-श्यामसुन्दुर तिव्रेवाल

-रंजीत कर्ण

-निलम केसी खड्का

-पवन कुमार सारडा

-अशोक कोइराला

-गोपाल दहीत

-शिवलाल थापा

-कुमार खड्का

-नारायणप्रसाद शाउद

-प्रदीप गिरि

-जयन्तीदेवी राई

-ब्रिजेसकुमार गुप्ता

-जगदीश्वर नरसिंह केसी

-बैजनाथ चौधरी

-रत्न शेरचन

-रविन कोइराला

-अदवालअहमद शाह

-ज्ञानकुमारी छनतेल

-सूर्यदेव दास उराव

-सुजिता परियार

-पार्वता डिसी चौधरी

-मन्जुकुमारी चौधरी

-चण्डीप्रसाद राई

-गिरिभद्र केसी
-महेन्द्रकुमारी लिम्बू

-सूर्यमान गुरुङ

-भरतकुमार शाह

-पेम्बा गुरुङ

-बलबहादुर केसी

-सिद्धिलाल सिंह

-कमलेश्वर पुरी गोश्वामी

-चन्द्रदेवि जोशी

-दिनेश श्रेष्ठ

-उषा यादव

-डीकबहादुर लिम्बू

-प्रभादेवि बज्राचार्य

-सकुन्तला राजभण्डारी कार्की

-अमनलाल मोदी

-राजाराम स्याङ्तान-

-सीतारा भण्डारी

-आशा यादव

-अब्दुल वामिद सिद्दिकी

-विनोद श्रेष्ठ

-धनबहादुर घले

-योगेन्द्र चौधरी

-विष्णुप्रसाद शर्मा

-ममताकुमारी यादव

-ल्यारक्याल लामा

-तममान गुरुङ

-पन्तमान धिमाल

-गणेशकुमार मण्डल

-श्रीप्रसाद जवेगु

-जमैद अन्सारी

-रमेशकुमार लामा

-सीता ज्ञवाली लुइँटेल

-कल्पना चौधरी

-अञ्जना ताम्ली

-प्रतीक्षा तिवारी मुखिया

-बहादुरसिंह लामा तामाङ

-धनबहादुर तामाङ

-अजयशंकर नायक

-पुष्पलता लामा

-राधिका तामाङ

-रावनीदेवी चौधरी

-बबिना मोक्तान लावती

-शिवबहादुर खड्का

-ललितजंग शाही

-मोहन बानियाँ

-सुवर्ण जुवार्चन

-तेजकुमारी पौडेल

-रामकुमार राई

-हरिचरण साह सुदी

-डिम्पलकुमारी झा

-मोहन थारु

-कृष्णप्रसाद धिताल

-राधादेवी तिमल्सिना

-फुलौरी देवी

-सुत्यनारायण भगत विन

-हर्क बोल राई

-अशोककुमार मण्डल

-धनमाया विक खनाल

-राम दुलारी चौधरी

-सुरेन्द्रप्रसाद जैसवाल

-योगेन्द्र तामाङ घिसिङ

-मोहनसिंह राठौर

-धर्मेन्द्रकुमार साह तेली

-सञ्जय यादव

-लक्ष्मणलाल कर्ण

-रामवीर मानन्धर

-विचारीप्रसाद यादव

-दीपकप्रसाद कुइँकेल

-आनन्दप्रसाद पौडेल

-एमडी मुस्ताक अलाम

-शैलकुमारी देवी

-मीना पुन

-हरिबहादुर राजवंशी

-राजेश्वरीदेवी

-गौरीशंकर चौधरी

-लालबहादुर घले

-बहादुरसिंह लामा

-आङतावा शेर्पा

-उर्मिलादेवी शाह

-नगेन्द्रप्रसाद थारु

-अभिषेकप्रताप शाह

-गीता वाग्ले

-देवानसिंह विष्ट

-रश्मी टाकुर

-दिनेशप्रसाद साह

-जीवनकुमारी घिमिरे

-रेशमबहादुर बानियाँ

-विशाल भट्टराई

-ध्यानगोविन्द रञ्जित

-चन्द्रबहादुर गुरुङ

-भुपेन्द्र थेवे

-बलबहादुर सुनार

-नरेन्द्र साह कल्वार

-मनमोहन भट्टराई

-लक्ष्मीदेवी भण्डारी

-मीना चौधरी

-कुमारीलक्ष्मी राई

-मोहनकुमारी राई

-मिथिला चौधरी

-हिमलाल सुवेदी

-ललितजंग शाही

-सुशीला नेपाल

-अनीलकुमार रंगाटा

-बादशाह कुर्मी

नयाँ पत्रिका