पुर्व सभामुख सुवास नेम्वाङ्गको प्रधानमन्त्री देउवाको अभिव्यक्तिप्रति आपत्ती

पुस, २९ काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो अभिव्यक्ति प्रति पुर्व सभामुख सुवास नेम्वाङ्गले आपत्ति जनाएका छन् । उनले जनताको आदेश पालना गर्नु पर्ने र नया सरकार निर्माणमा सहघाउ पुराउन सहज वातावरण सिर्जन देउवा समक्ष आग्रह समेत गरेका छन् ।

धनगढीमा आयोजीत एक कार्यक्रममा प्रधानमन्त्री देउवाले यो नेपा हो जे पनि हुन्छ भन्दै राखेको विचारमाथि पुर्व सभामुख नेम्वाङ्गले गम्भीर आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्री आफ्ना मित्र पनि भएको भन्दै यस्ता खाले अभिव्यक्ति दिएर प्रधानमन्त्री जस्तो गरिमामय पदमा बस्न उचित नहुने बताए । उनले दुईतिहाई जनमत ल्याएको बामगठबन्धनको मर्यादामा सम्मान गर्दै सरकार बनाउन सहज मार्ग निर्धारण गर्न प्रधानमन्त्री समक्ष अनुरोध गरेका छन् ।