प्रधानमन्त्री देउवाको अन्योलता

पुस, २९ काठमाडौ—प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला प्रदेश प्रमुख नियुक्तिमा अलमल परेका छन् । उनले नै ढिला गरेका कारण प्रदेश सभा समानुपातिक मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले मानेको छैन । निर्वाचनको परिणाम ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्छ । तयार पारिएको समानुपातिक परिणाम निर्वाचन आयोगले सुनाएको छैन ।
संवैधानीक व्यवस्था अनुसार मत परिणामलाई प्रदेश प्रमुख समक्ष बुझाउन पर्ने हुन्छ । यसका लागि आयोगले प्रधानमन्त्रीलाई तत्कालै प्रदेश प्रमुख नियुक्ति गर्न अनुरोध गरिरहेका छन् । यति हुदा पनि प्रधानमन्त्री देउवा आफ्नो सरकार लम्ब्याउने छाटकाटमा देखिन्छन् । यसले गर्दा आयोगलाई राष्ट्रिय सभा निर्वाचन समेत गराउन समस्या परेकोछ । किनभने प्रदेश सभा सदस्यहर राष्ट्रिय सभा निर्वाचनका मतदाता पनि हुन् ।