राष्ट्रिय परिचय–पत्र वितरण तयारी अन्तिम चरणमा

पुस २८,पाँचथर – लामो समय देखि चर्चामा रहेको राष्ट्रिय परिचय पत्र वितरणको तयारी तिव्र बनाइएको छ । पूर्वको पाँचथर जिल्लाबाट परिचयपत्र वितरण गर्नका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले तयारी तिव्र बनाएको हो ।

सरकारले पूर्वको पाँचथर र सिंहदरवारका कर्मचारीहरुबाट सुरु गर्ने अनुरुप वितरणका लागि प्रचारात्मक कार्यक्रम अघि बढाइएको छ । केहि दिन देखि विवरण संकलनका लागि समन्वय बैठक तथा प्रचारात्मक कार्यक्रम अघि बढाइएको केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले जानकारी दिए । पाँचथर र सिंहदरवाट पहिलो चरणमा वितरण गर्ने निर्णय भएपनि पाँचथरवाट थाल्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए । अन्य कुरा यथावत रहे माघ महिना भित्रमा विवरण संकलन गरी फाल्गुनवाट कार्ड वितरण गर्ने गरी योजना अघि बढाइएको सुवेदीले बताए । स्थानिय तहका पदाधिकारीहरु तथा अन्य सरोकावारलाहरुसँग समन्वय बैठक राखि सकिएको उनले जानकारी दिए । सिहंदरवारका कर्मचारी भन्दा आमनागरिकबाट वितरण थाल्नका लागि तयारी भएको सुवेदीले बताए । पाँच बर्षभरी देशभरी वितरण गर्ने लक्ष्य राखिए अनुसार पहिलो चरणमा दुई ठाँउमा वितरण गर्न लागिएको हो ।
नागरिकबाट