सरकारले आज प्रदेश प्रमुखको टुङ्गो लगाउँदै

पुस २८, काठमाडौं – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले शुक्रबार (आज) प्रदेश प्रमुख तोक्ने बताए । उनले पत्रकारसँग कुराकानी गर्दै नाम टुङ्गो लागिसकेकोले शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख तोक्ने जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

उपप्रधानमन्त्री गच्छदारले अस्थायी राजधानी तोक्ने विषयमा भने टुङ्गो लागि नसकेको बताए । ‘प्रदेश प्रमुखको नाम टुङ्गो लागि सकेको छ , आजको बैठकले प्रदेश प्रमुख तोक्नेछ,’ उनले भने । उनले अस्थायी राजधानी तोक्ने विषयमा भने छलफल जारी रहेको बताए । प्रदेश प्रमुख नतोकिएका कारण प्रदेश सभाको मतपरिणाम घोषणा गर्न बिलम्व भइरहेको निर्वाचन आयोगले बताउदै आएको छ ।
अन्नपूर्णबाट