राजविराजमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

पुस २८,राजविराज – अत्याधिक चिसोका कारण सप्तरीमा हिजो साँझ तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वती देवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

रासस