वैदेशीक विभाग : अब अनलाइनबाटै टोकन प्रणाली

पुस, २६ काठमाडौ—डिजिटल फ्रेन्डली बन्दै वैदेशीक रोजगार विभागले अनलाइन टोकन प्रणाली लागु गरेको छ । श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति गर्न अनलाईन टोकन प्रणाली लागु गर्न थालेको हो । यसले अनलाइनमा छिटो र छरितो सुविधा पाउन सक्छन् । सेवा ग्राहीको अत्यन्त भीड बढेपछि काममा अवरोध आएकाले विभागले समस्या समाधानका रुपमा अनलाइन टोकन प्रणाली ल्याएको हो ।
विभागका प्रवक्ता मोहन अधिकारीले टोकन अनुसार कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने यसै व्यवस्थाबाट जानकारी हुने बताए । यो सिस्टम लागु भएपछि श्रम ग्राममा व्यक्तिगत श्रम स्वीकृति लिनेको भीडमा कमि आउने विभाग विश्वस्त छ ।